शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा १ सय रुपैँया जरिवाना तिर्न नसकेका १० जना २ वर्षपछि पक्राउ

कञ्चनपुरमा १ सय रुपैँया जरिवाना तिर्न नसकेका १० जना २ वर्षपछि पक्राउ

  • सोमवार, फाल्गुन २४, २०७७
कञ्चनपुरमा १ सय रुपैँया जरिवाना तिर्न नसकेका १० जना २ वर्षपछि पक्राउ

धनगढी–जिल्ला अदालत कञ्चनपुरबाट जनही १ सय रुपैँया जरिवाना तोकिएका फरार प्रतिवादी २ वर्षपछि पक्राउ परेका छन्।

गाली बेइज्जती मुद्दामा जिल्ला अदालतले २०७५ साल माघ २४ गते १ सय जरिवाना तोकेका १० जना फरार प्रतिवादी पक्राउ परेका हुन।

पक्राउ पर्नेमा महाकाली नगरपालिका–५ का दुरपाल सिह रानामगर, मेमसरा रानामगर, निरा महरा रानामगर, दुर्गा बहादुर रानामगर, मनमाया देबी रानामगर, बिरेन्द्र राना, बिसास राना, आशा राना, जमुना रानामगर र पार्वती कट्टेल रहेका छन्।

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। #दिनेश

चर्चामा

सम्बन्धित समाचार