बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार सिंहकाे पहलमा जाेशीकाे परिवारलाइ थप १ लाख सहयोग

पत्रकार सिंहकाे पहलमा जाेशीकाे परिवारलाइ थप १ लाख सहयोग

  • शुक्रबार, फाल्गुन ७, २०७७
पत्रकार सिंहकाे पहलमा जाेशीकाे परिवारलाइ थप १ लाख सहयोग

बाजुरा — जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कारको रकम सहयोग गरेका पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले फेरी उनकै पहलमा १ लाख सहयोग गरेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवारलाई सहयोग गरिएको हो । पत्रकार सिंहले जेपी जोशीका नाममा स्थापना भएको जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार सोही परिवारलाइ दिएको र उनको परिवार बिच्चलीमा रहेको समचार सञ्चार माध्यममा प्रकाशित पछि उनलाई सहयोग जुटेको हो ।
पुुरस्कारको रकम सहयोग र परिवार बिच्चली परेको समचार प्रकाशित पछि अष्ट्रेलिया बस्दै आएका बिक्रम सुुवेदीले १ लाख सहयोग गरेका छन् । नवलपरासिको गैडाकोट नगरपालिका १० घर भएका सुुबेदीले जेपी जोशीको परिवार बिच्चलीमा र छोरीको बिद्यालय शुुल्क तिर्न नसकेको समचार प्रकाशित पछि सहयोग गरेको वताएका छन् । डेढ बर्ष देखी छोरीको बिद्यालयको शुुल्क तिर्न नसकेर समस्या परेको जानकारी पछि सहयोग गरेको सुुबेदीले वताएका छन् ।
सुुबेदी १३ बर्ष देखी अष्ट्रेलिया बस्दै आएका छन् । उनी अष्ट्रेलियाको अध्यागमनमा कानुुनबिज्ञका रुपमा कार्यरत रहेका छन् । सुुबेदीले तिर्न नसकेको शुुल्क तिर्न सहयोग गरेको र जोशीका दुुबै छोरीलाई कक्षा १२ सम्म पढनका लागि समेत आगामि दिनमा थप सहयोग गर्ने वताएका छन् । सहयोग रकम दि हिमालयन टाइम्सका सम्बाददाता प्रकाश सिंहलाइ पठाएका थिए । उक्क्त रकम शुुदुरपश्चिम पत्रकार महासंघ प्रदेश अध्यक्ष अर्जुुन शाह र पत्रकार महासंघ पुुर्व केन्द्रिय सदस्य कर्ण शाह मार्फत घरमै पुुगेर हस्तान्तरण गरेका छन् । सम्वादाता सिंहले जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार बाट पाएको १२ हजार जोशीको परिवार यो भन्दा पहिला नै सहयोग गरेका थिए ।
सहयोग प्राप्त पछि जेशी जोशीकी श्रीमति बसन्ति जोशीले सहयोग रकम छोरीको बिद्यालयको शुुल्क तिर्ने वताएकि छन् । आफुुलाइ ठुुलो सहयोग भएको छ, सहयोग गर्नेलाई धन्यवाद दिएकि छन् । २०६५ सालमा हत्या भएका पत्रकार जेपी जोशीका परिवार बिच्चलीमा परेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका ३ जना परिवार आर्थिक संकटमा परेको समचार प्रकाशित भएको थियो ।
पत्रकार जोशीका श्रीमति बसन्ति जोशी, १७ बर्षिय छोरी पुजा जोशी र १३ बर्षिय गिता जोशी रहेका छन् । पुुजा कक्षा १० मा र गिता कक्षा ६ मा अत्तरीयामा रहेको एभरेष्ट बोडिङ्ग स्कुुलमा अध्यन गर्ने गरेका छन् । पुजा र गिताको बिद्यालयको डेढ बर्ष देखिको ९५ हजार शुुल्क तिर्न नसक्दा बाँकि रहेको थिया्े । कक्षा १० मा पढने पुजा जोशीको शुल्क तिन नसक्दा फारम समेत भर्न रोकेको थियो, धेरै हारगुुहार गरेर फारम बुुझेको रुदै बसन्तिले वताईन् ।
जेपी जोशी २०६५ असोज २२ गते घर बाट काठमाडौ जाने भएर गएका थिए । २२ गते देखी सम्पर्कमा नआएका जोशी सोही बर्ष मंसिर १३ गते मालाखेती जंगलमा उनको मृतक लाश भेटिएको थियो ।बसन्तिको आधा कट्टामा चुुहिने घर पुरानो घर छ । पुजाले भनिन्, बिद्यालयमा शुुल्क तिर्न भनेर पटक पटक भन्छन्, आफुलाई पनि मानसिक चिन्ता हुुने गरेको वताईन्, कुुनै दिन त पढाइ छोडौ भन्ने लागेको थियो, अहिले शुुल्क तिर्न सहयोग पाएसि ठुुलो राहत भएको उनले वताईन् ।
फोटो क्यापसन
१. कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवारलाई १ लाख नगद सहयोग गरिएको छ । दि हिमालयन टाईम्समा समचार प्रकाशित पछि अष्ट्रेलिया बस्दै आएका बिक्रम सुुवेदीले १ लाख सहयोग गरेका छन् । शुुदुरपश्चिम पत्रकार महासंघ प्रदेश अध्यक्ष अर्जुुन शाह र पत्रकार महासंघ पुुर्व केन्द्रिय सदस्य कर्ण शाह मार्फत घरमै पुुगेर हस्तान्तरण गर्दै ।

चर्चामा

सम्बन्धित समाचार