मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पनी प्रजातन्त्र दिवस मनाईयो

बाजुरामा पनी प्रजातन्त्र दिवस मनाईयो

  • शुक्रबार, फाल्गुन ७, २०७७
बाजुरामा पनी प्रजातन्त्र दिवस मनाईयो

बाजुरा — बाजुरा जिल्लामा पनी सहिदहरुको फोटोमा फुलमाला र अबिर लगाएर प्रजातन्त्र दिवस मनाईको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा प्रजातन्त्र दिवस मनाईएको हो । जिल्ला समन्वय समितिको प्राङगणमा सहिदहरुको फोटोमा माल्यार्पण गरि प्रजातन्त्र दिवस मनाईएको समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाले बताए ।
बिगत बषहरुमा भब्य कार्यक्रम गरि मनाईने प्रजातन्त्र दिवस यो बर्ष बिबिध कारणले छोटो रुपमा मनाईएको समन्वय प्रमुख रोकायाको भनाई रहेको छ । २००७ सालमा जहानिय राण शासनको अन्त्य संगै प्रजातन्त्र स्थापना भएको अबसरमा हरेक बर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।
केही बर्ष पहिले खुलामंचमा भब्य कार्यक्रम गरि मनाईने प्रजातन्त्र दिवस पछिल्लो समय सामान्य औपचारीकतामा मात्रै टुग्याउने गरेकाे पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार