शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • केपी ओलीबाट जनतामाथि विश्वासघात भयो: भीम रावल

केपी ओलीबाट जनतामाथि विश्वासघात भयो: भीम रावल

  • मङ्लबार, माघ १३, २०७७
केपी ओलीबाट जनतामाथि विश्वासघात भयो: भीम रावल

बाजुरा — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनतामाथि विश्वासघात गरिएको आरोप लगाएका छन् । केपी ओली नेतृत्वको सरकारका असंवैधानिक कदमका विरुद्ध बाजुरा जिल्लाकाे काेल्टीमा  आयोजना गरेको विरोध  कार्यक्रमलाई सम्बोधन नेकपा बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) ले कोल्टीमा आयोजना गरेको बृहत जनसभामा कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य डाक्टर भिम रावलले यस्ताे बताएका हुन ।

रावलले प्रधानमन्त्री ओलीमाथि प्रतिनिधिसभा विघटन गरेर जनमत कुल्चिएको आरोप लगाए । सहिदको रगत, पसिनाको बलमा संविधानसभाबाट बनाइएको संविधानलाई ओलीले कुल्चिएको उनको रावलले सम्बाेद्धन गर्दै भने  । आफूहरु सहिदको सपना, उनीहरुको मूल्य–मान्यताको रक्षा गर्न सडकमा उत्रिएको रावलले बताए । ‘निरंकुशताका लागि सहिदले रगत बगाएका होइनन्,’ उनले भने, ‘दुई वर्षमै संविधानमाथि बुट बजार्नका लागि जनताले मत दिएका होइनन् ।’

No description available.

प्रधानमन्त्री ओलीले एकातिर संविधान कुल्चिएर प्रतिनिधिसभा विघटन गरेको, अर्कोतिर पदबाट राजीनामा नदिइ संविधान विपरीत मन्त्रिपरिषद पुनर्गठन गरेको आरोप पनि रावलले लगाए । उनले प्रधानमन्त्री ओलीबाट राष्ट्रघात भएको पनि आरोप लगाए । एमसीसी सम्झौता राष्ट्रघाती भएको दावी गर्दै उनले सोही सम्झौता अघि बढाउन अथक प्रयास गरेका ओलीले राष्ट्रघातको बाटो रोजेको प्रस्ट पारे । एमसीसीमा टेकेर देशमा विदेशी सेना भित्रिने खतरा रहेको पनि उनले औंल्याए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष बाजुराकाे अायाेजना गरेकाे बिराेध सभाकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष बाजुराकाे नेता गगन रावलकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल रहेका थिए ।  विरोध सभालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता केन्द्रिय सदस्य प्रकाश शाह, माननीय बलदेव रेग्मी, केशव विक, युवा नेता महेश शाही लगायतका नेताले सम्बोधन गरेका थिए  ।

चर्चामा

सम्बन्धित समाचार