शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीका थप एक कोरोना संक्रमितको मृत्यु

धनगढीका थप एक कोरोना संक्रमितको मृत्यु

  • सोमवार, पुस २७, २०७७
धनगढीका थप एक कोरोना संक्रमितको मृत्यु

धनगढीमा थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । उप–महानगरपालिकाको वडा नम्बर ३ मिलनचोकका ८० वर्षीय वृद्धको आइतबार मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कडा निमोनिया र स्वास प्रस्वासबाट ग्रसित पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ७४ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार