बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाटोमै हुन्छ भोटेजनजाति बालवालिकाको मृत्यु

बाटोमै हुन्छ भोटेजनजाति बालवालिकाको मृत्यु

  • बुधबार, मंसिर १७, २०७७
बाटोमै हुन्छ भोटेजनजाति बालवालिकाको मृत्यु

बाजुरा — हिमाली गाँउपालिका ३ बौडि बस्ने जौमा थापा चिसो छल्न, सबै परिवार कार्तिकको अन्तिम साता अछाम तिर बसाइ सरे । बाटोमा आउदै गर्दा उनकि ५ महिनाकी छोरी बिरामी परिन्, बिरामी भएको एक दुईदिनमा उनकि छोरीको बाटोमै मृत्यु भयो । तिन सन्तान जन्माएकि उनले पहिलो सन्तान पनि बर्षातमा चिन तिर जाँदा मृत्यु भएको थियो ।
यो त एक उदाहरण मात्र हो । भोटे जनजातिका परिवार चिसो छल्न बेशि झर्ने बेला धेरैले शिशुको बाटोमै मृत्यु हुने गरेको छ । बुढिन्ननदा नगरपालिका ८ बस्ने डोमा गुरुङ्ग ३८ बर्षकी भईन् । उनि हिउँदमा औल र बर्षादमा भोट जाने गर्छन् । उनले बाटोमै ११ बच्चा पाईसकेकी छन् । ११ बच्चा मध्ये अहिले उनि सँग तिन बच्चामा मात्र जिवित छन् । उनका ८ वटा बच्चा बाटोमै बच्चा पाएर मृत्यु भइसकेका छन् । बसाई सर्दा चिसो हुने र बच्चा पाँउदा बिभिन्न समस्या हुने भएकाले बच्चा बचाउन नसकेको डोमा बताउछन् । बच्चा हुन्छन्, बढिमा ६ महिना सम्म बाच्छँन त्यसपछि मृत्यु हुने गरेको वताईन् । अहिले उनि सँग दुई बर्षको बच्चा छ । त्यो पनि अछाम बाट बाजुरा घर आउने बेला बाटोमै जन्माएको वताईन् । भेडा लिएर कहिले औल जाने कहिले भोट (चिन) जाने भएका बच्चा मर्न लागे । अर्को कुनै बच्चा रोक्न साधन समेत नभएकाले धेरै बच्चा पाँउने गरेको वताईन् ।
बुढिन्नदा नगरपालिका ७ बस्ने ५३ बर्षिय बिस्ना गुरुङ्गले १५ बच्चा जन्माईन । सबै बाटोमा जन्माईन् । ति मध्ये ७ वटा बाटैमै मृत्यु भएको बिस्नाले वताईन् । सोही गाँउ बस्ने तनि थापाले ७ सन्तान बाटोमै बच्चा जन्माईन् । हिडदा हिडदै बाटोमा बच्चा दुखको साथ बच्चा जन्माईन् । बाटोमै जन्माएका ७ सन्तान मध्ये ५ सन्तानको मृत्यु भयो । बाटोमा चिसो र बच्चाको स्याहार नहुदा घर फर्कदा सम्म मृत्यु भएको तनिले बताईन् । बाटो न त राम्ररो सँग खान पाए, नत आरामनै आफु पनि कमजोर भएको र अर्को तिर बच्चालाई समेत जोगाउन नपाएको उनले दुखेको पोखिन् ।
भोटे जनजाति महिला एकातिर धेरै बच्चा जन्माउछन अर्को बाटोमा जन्माउने भएकाले स्वास्थ्य निकै कमजोर हुदै आएको छ । कडा परिश्रम गर्नुपर्ने बाध्यता त एकातिर छदै छ अर्कोतिर आराम समेत बस्न नपाएको पक्कले बताईन् । आफुले भारी बोक्ने देखि लिएर सबै काम गर्नुपर्ने बाध्यता रहेको बताईन् । “चिसो छल्न र गरिबिका कारण भेडा च्याङ्गा र सपरिवार सहित हिउँदका ६ महिना बेशि झर्ने भएकाले अधिकांश महिला बाटोमै बच्चा जन्माउने गरेको भोटे जनजाति महासंघका नृप थापा (भोटे) ले बताए” । जन्मेका धेरै बच्चाहरुको बाटोमै मृत्यु हुने गरेको उनले वताए ।
मध्य तथा सुदुरका पहाडि जिल्ला बाजुरा, बझाङ्ग, मुगु, हुम्ला, जुम्लाका बासिन्दा मौसमि बसाई सर्ने गरेका छन् । ति जिल्लाका जनजाति महिलाहरु बसाइ सर्ने क्रममा बाटोमा बच्चा जन्माउने गरेका छन् । “आफुहरुमा रहर नभएर बाध्यताले यस्ता समस्या भोग्दै आएका पाण्डुसेन बस्ने लछु बोगटिले बताईन् । घरमा खान पनि पुग्दैन भेडा लिएर औल तिर जान्छौ, भेडा मार्फत सामान बोकेर परिवार पाल्छौ अनि बाटोमै बच्चा नजन्माएर कहाँ जन्माउनले लछुले बताईन्” ।
गर्भवती भएको समयमा स्वास्थ्य चौकि पनि देख्दैनो, अर्कोतिर कुनै खोप समेत नलगाउने गरेको जनजाति महिलाहरु बताउछँन् । बाटोमै जन्माएका बच्चाहरु मर्ने र आफुहरुको स्वास्थ्य समेत कमजोर हुने गरेको महिलाहरु बताउछन् । बाजुराका उत्तरी क्षेत्रका ४ वटा स्थानिय तहका भोटे जनजाति बसोवास गर्ने गरेका छन् । यी स्थानिय तहमा रहेका स्वास्थ्य संस्थामा भोटे जनजाति महिलाहरु गर्भवती भएको बेला स्वास्थ्य चौकिमा कम आउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार