बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बुधबार सुदूरपश्चिममा २९७ नमूना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि

बुधबार सुदूरपश्चिममा २९७ नमूना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि

  • बिहिबार, कार्तिक २७, २०७७
बुधबार सुदूरपश्चिममा २९७ नमूना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि

धनगढी: सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा २ सय ९७ जनाको परीक्षण गर्दा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको परीक्षण गर्दा थप ५९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८१ जनाको परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको उनले बताए । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ११ जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ८ का ५ जना, वडा नम्बर ५ का ३ जना, त्यसैगरी वडा नम्बर ३, ३, १३ र १६ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिकाका, बर्दगोरिया नगरपालिकाका, टीकापुर नगरपालिकाका, घोडाघोडी नगरपालिकाका १र१ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै ठेगाना नखुलेका कैलालीकै ८ जनामा समेत कोरोना पुष्टि भएको छ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका २ जना, महाकाली नगरपालिकाका र बेल्डानी गाउँपालिकाका १/१ जना, यस्तै बझाङको बुंगल नगगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै, जिल्ला अस्पताल डोटी प्रयोगशालामा ९३ जनाको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए । कमलबजार नगरपालिकाको प्रयोगशालामा २३ जनाको परीक्षण गरेपनि सबैको रिर्पोट नेगेटिभ आएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ७ सय ११ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका झण्डै ८ हजार ६ हजार जनाले कोरोना जितेका छन् भने ४३ जनाको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार