शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका २७ प्रहरी अधिकारी पुरस्कृत

सुदूरपश्चिमका २७ प्रहरी अधिकारी पुरस्कृत

  • शनिबार, कार्तिक १, २०७७
सुदूरपश्चिमका २७ प्रहरी अधिकारी पुरस्कृत

सुदूरपश्चिम प्रदेशका २७ प्रहरी अधिकारीहरुलाई पुरस्कृत गरिएको छ। ६५औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगद र प्रशंसा पत्रसहित पुरस्कृत गरेको हो। एक समारोहका बिच उनीहरुलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उनीहरुलाई नगद पुरस्कार सहित प्रशंसा पत्र दिएका हुन्।

पुरस्कृत हुने प्रहरी अधिकारीहरुमा संघीय प्रहरी इकाई धनगढीमा कार्यरत प्रहरी बरिष्ठ उपरिक्षक नलप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत मुकेशकुमार सिँहलाई लगायतका छन्। सिँह र उपाध्यायले नगद एक हजार पाँच सय पुरस्कार र प्रशंसापत्र पाएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक मुकुन्द मरासिनीलाई एक हजार चार सय, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक योगेन्द्र सिँह थापा र जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद अधिकारीलाई एक हजार दुई सय, सशस्त्र प्रहरी गुल्म धनगढीका प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्द र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी निरिक्षक दिपक पातलीलाई एक हजार एक सय पुरस्कार सहित प्रशंसा पत्र दिइएको छ।

यस्तै प्रहरी नायव निरिक्षकहरु संघीय प्रहरी इकाई कार्यालय धनगढीमा कार्यरत जंगबहादुर शाह तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालदय दिपायलमा कार्यरत मिनबहादुर धामी र जीतबहादुर देउवालाई एक/एक हजार सहित प्रशंसा पत्र दिइएको छ।

ईलाका प्रहरी कार्यालय थलारा बझाङमा कार्यतरत प्रहरी सहायक निरिक्षक रैभानसिँह ऐरीलाई नौ सय, प्रहरी हल्दारहरु अम्बरराम लुहार, हिराकुमारी उपाध्याय, जनककुमार बोगटी, शान्ती पौडेल र तर्कराज पाण्डेलाई नगद सात सय सहित प्रशंसा पत्र दिइएको छ।

प्रहरी जवानहरु भरतबहादुर विष्ट, धनबहादुर चन्द, भरतबहादुर विक, अर्जुन विक, महादेव कार्मी, बिरेन्द्र धामी र जितेन्द्र साहुलाई नगद छ सयसहित प्रशंसापत्र दिइएको छ।

यसैगरि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी नायव निरिक्षक केशव जोशी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक मानमती धामी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्यरत प्रहरी हवल्दार सिद्धराज विष्ट र प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी हवल्दार नन्दराम कठायतलाई समेत नगदसहित प्रशंसापत्र प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार