बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाबाट थप १२ को मृत्यु, संक्रमण निको हुनेको संख्या ८१ हजार नजिक

कोरोनाबाट थप १२ को मृत्यु, संक्रमण निको हुनेको संख्या ८१ हजार नजिक

  • बुधबार, अशोज २८, २०७७
कोरोनाबाट थप १२ को मृत्यु, संक्रमण निको हुनेको संख्या ८१ हजार नजिक

बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६७५ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २१७४ जना कोेरोना निको भएको जानकारी दिए ।

यससँगै हालसम्म निको हुनेको कुल संख्या ८१ हजार नजिक पुगेको छ । गौतमका अनुसार आजसम्म ८० हजार ९४५ जना कोरोना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ जनाको पीसीआर भएकामा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार