शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदुर पश्चिममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

सुदुर पश्चिममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

  • सोमवार, अशोज ५, २०७७
सुदुर पश्चिममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ८ जनाको कोरोना परीक्षण गरीएकोमा कैलालीका २६, कञ्चनपुरका ५ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले सुर्नाया–४ बैतडीका एक महिला, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का एक जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३ का ६ जना, वडा नम्वर १२ का दुई जना, वडा नम्वर १७ का दुई जना, वडा नम्वर १९ का एक जनामा संक्रमण पुष्टि भएको छ।

घोडाघोडी नगरपालिका वडा नम्वर १ का ६ जना, भजनी नगरपालिका वडा नम्वर ३ का एक जना, गोदावरी नगरपालिकाका तीन जना, कैलारी गाउँपालिकाका दुई जना, कृष्णपुर नगरपालिका वडा नम्वर ७ का एक जना, महाकारी नगरपालिका वडा नम्वर ६ का एक जना, पुनरवास नगरपालिकाका दुई जना, बेदकोट नगरपालिका वडा नम्वर ५ का एक जनामा संक्रमण पुष्टि भएको हो।

चर्चामा

सम्बन्धित समाचार