मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाचार
  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

  • शुक्रबार, भदौ २६, २०७७
थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय २२ पुगेको छ।

५ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा थप ९ हजार ७२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

९७२ कोरोना संक्रमित डिस्चार्ज

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा  ३६ हजार ६ सय ७२ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १० हजार ७ सय १ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख २१ सय हजार १ सय ४६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ७८  जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –३३२४
प्रदेश २– १०२२४
बाग्मती प्रदेशमा –६५३५
गण्डकी प्रदेशमा –२१४३
प्रदेश ५मा –६२४८
कर्णाली प्रदेशमा –२४७०
सुदूरपश्चिम प्रदेशमा ५७१०

देशभर ६ हजार ६ सय ३४ जना होम आइसोलेसनमा, सबैभन्दा धेरै बागमती प्रदेशमा

 देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।  शुक्रबार १४ हजार ९ सय २५ जना संक्रिय संक्रमितमध्ये ६ हजार ६ सय ३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ हजार ५ सय १ जना होम आइसोलेसनमा छन्।  त्यस्तै प्रदेश २ मा  २ हजार १ सय ४५, प्रदेश १ मा ९ सय ३७, प्रदेश ५मा ६ सय ६८ सुदूरपश्चिम प्रदेशमा १८३, गण्डकी प्रदेशमा १०० र कर्णाली प्रदेशमा ९० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार