शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाज
  • दुइ महिना देखी साँफे मार्तडी सडक अबरुद्ध

दुइ महिना देखी साँफे मार्तडी सडक अबरुद्ध

  • शनिबार, भदौ १३, २०७७
दुइ महिना देखी साँफे मार्तडी सडक अबरुद्ध

बाजुरा–दुई महिना देखी साँफे मार्तडी सडक पहिरोका कारण अबरोध रहेको छ । लगातारको बर्षा सँगै बाढि पहिरोले साँफे मार्तडी सडक खण्डको बार्जुगाड देखी पानि नाउँलमा सम्म ठाँउ ठाँउमा पहिरोले सडक अबरोध भएको छ । दुई महिना देखी सडक अबरोध भएपनि खुलाउन प्रयास भने हुन सकेको छैन् ।
सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ । बुढिगंगा नदिमा बेलिबिज्र समेत बगाएको छ । सदरमुकाम मार्तडी लगायत उत्तरी क्षेत्रमा चरम खाद्य संकट भएको छ ।
पहिरोले बार्जुगाड, ताप्रिसेरा, बल्धे, अम्कोट, पानि नाउला लगाउत ठाँउमा सडक नै तहसनहस हुने गरी बिगारेको छ । सडक धेरै ठाँउमा तहसनहस भएकाले सञ्चालनमा ल्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । सडक बिभाग सँग कुरा भइरहेको बार्जुगाडमा सडक खोल्न काम भइरहेको गैह्रेले वताए ।
साँफे मार्तडी सडकको बार्जुगाड देखी मार्तडी २२ भन्दा बढि ठाँउमा माथि र तल बाट पहिरो गएर सडक अबरोध भएको छ । दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ३ महिना सडक अबरुद्ध भएको थियो ।
बिगत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा पुगेको छ । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको छ । गत बर्ष त थोरै जोखिम रहेको थियो, यो बर्ष पुर्ण रुपमा अबरोध भएको ब्यापारि हंश बहादुर सिंहले वताएका छन् ।
अबरोध भएको ठाँउ बाटै सडक खुलाउने खोजे दशै याता सडक नखोल्ने अबस्था देखिएको छ । चाडै सडक खुलाउन नखोजे चरम खाद्य संकट हुने देखिएको छ । दैनिक उपभोग्य सामानाको मुल्य निकै आकासिएको छ । उत्तरी क्षेत्रमा चरम खाद्य संकट शुरु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार