बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका दुई एसपीको सरुवा

सुदूरपश्चिमका दुई एसपीको सरुवा

  • बिहिबार, भदौ ४, २०७७
सुदूरपश्चिमका दुई एसपीको सरुवा

 प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो।

सुदूरपश्चिममा कार्यरत दुईजना प्रहरी उपरिक्षकको समेत सरुवा भएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसनधान ब्यूरो काठमाडौ सरुवा भएको छ।

उनको स्थानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी उपरिक्षक बामदेव गौतम आउने भएका छन्।  सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत प्रहरी उपरिक्षक दिल्लीराज पन्तको  प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालमा सरुवा भएको छ। उनको स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरिक्षक राजिववहादुर बस्नेत आउने भएका छन्।

चर्चामा

सम्बन्धित समाचार