शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछाममा बाढीले बगाएका ६ जनाको शव भेटियो,१५ जना अझै बेपत्ता

अछाममा बाढीले बगाएका ६ जनाको शव भेटियो,१५ जना अझै बेपत्ता

  • बुधबार, भदौ ३, २०७७
अछाममा बाढीले बगाएका ६ जनाको शव भेटियो,१५ जना अझै बेपत्ता

अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका वेपत्तामध्ये ६ जनाको शव भेटिएको छ। गएराति परेको अबिरल बर्षापछि आएको बाढिले रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारबाट वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको हो।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानिय देबेन्द्र थापाले बताए।  यस्तै २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानिय प्रकाश कुवँरले बताए।

जनप्रतिनीधी, प्रहरी प्रशासन, स्थानियले उद्धार जारी राखेका छन्। अझै १५ जना वेपत्ता रहहेका छन्। जिल्ला सदरमुकामबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए।

चर्चामा

सम्बन्धित समाचार