बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • माैसम प्रतिकुलले गर्दा हेलीक्पटर उडानमा समस्या, ४ दिनसम्म गाैमुल १ सिमका जनताले राहत पाएनन्

माैसम प्रतिकुलले गर्दा हेलीक्पटर उडानमा समस्या, ४ दिनसम्म गाैमुल १ सिमका जनताले राहत पाएनन्

  • बिहिबार, साउन २९, २०७७
माैसम प्रतिकुलले गर्दा हेलीक्पटर उडानमा समस्या, ४ दिनसम्म गाैमुल १ सिमका जनताले राहत पाएनन्

बाजुरा — बाजुराकाे गाैमुल गाँउपालिका १ सिममा बाढीले २० परिवारकाे घर बगाएकाे बगाउदा सबै परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवारले पाल समेत पाँउन सकेका छैन्न । बुढिगंगा नदिमा आएकाे बाढिले सिम गाँउमा रहेका २० परिवारका १ सय १३ जना साेमवार बाट पुर्ण रुपमा बिस्थापित भएका छन् ।  घर बगाएकाे तिन दिन हुँदा सम्म पनि राहत पनि पाँउन सकेका छैन्न ।

 गृह मन्त्री राम बहादुर थापाको नेतृत्वमा बाजुरा जिल्लाको बाढी पहिरोको स्थलगत निरीक्षणका साथै बाढि बाट प्रभावित जनतालाई राहतको प्याकेज सहित आज त्यस तर्फ प्रस्थान गर्ने तयारी भए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर उडान रद्व भएको  एक श्राेतले बताएकाे छ  ।

भाैगलिक रूपमा बिकट रहेकाे गाैमुल गाउँपालिका १ सिममा पैदल हिडेर राहत दिन नसकिने अबस्थामा गृह मन्त्री अाफै राहत बाेकेर अाउने कुरा भएकाे भए पनी अाज माैसम प्रतिकुल भएका कारण हुन नसकेकाे श्राेतले बताएकाे छ । माैसम अनुकुलन भए भाेली मात्र गृह मन्त्री सहितकाे टाेली बाजुरा अाउने बताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार