शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • त्रिवेणी नगरपालिकाबाट मनोरोगी महिलाको उद्दार

त्रिवेणी नगरपालिकाबाट मनोरोगी महिलाको उद्दार

  • बुधबार, साउन २१, २०७७
त्रिवेणी नगरपालिकाबाट मनोरोगी महिलाको उद्दार

बाजुराको त्रिवेणी नगरपालिकाबाट मनोरोगी महिलाको उद्दार गरिएको छ। त्रिवेणी नगरपालिकाले वडा नम्बर ८ की ५२ वर्षीया अम्बी गिरीलाई उद्दार गरी धनगढीको दृष्टि फाउन्डेशन ल्याएको छ।

महिलाको आवश्यक पालनपोषण तथा सुरक्षाको लागि फाउन्डेशनको आश्रयमा राखिएको त्रिविणी नगरपालिकाकी उपप्रमुख राधिकादेवी सुनारले बताइन्। उनले धनगढी पुगेर ती महिलालाई फाउन्डेसनमा जिम्मा लगाएकी हुन्।

साथै उनले दृष्टि फाउन्डेशन नेपाललाई आर्थिक सहयोग समेत गरेकी छन्। उनले नगरपालिकाको तर्फबाट १० हजार नगद सहयोग गरेकी हुन्। उनका अनुसार महिलाको लामो समयदेखि मानसिक सन्तुलन गुमेको तथा न बोल्न सक्ने, नसुन्न सक्ने, सडक र जंगलमा डुल्ने गर्दै आएकी थिइन।

दृष्टि फाउन्डेशन नेपालको अल्पकालिन सुरक्षित घरकी सञ्चालिका कल्पना भट्टले फाउन्डेशनसंग  त्रिवेणी नगरपालिका बाजुरा पनि जोडिएकोमा खुसी व्यक्त गरिन्। उनले फाउन्डेशनमा अहिले ४१ महिलाहरु र तीन वटा बच्चाहरुले आश्रय लिदै आएको जानकारी समेत दिइन्।

चर्चामा

सम्बन्धित समाचार