शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • मेलम्ची पहिरो : ७ जनाको शव भेटियो [अपडेट]

मेलम्ची पहिरो : ७ जनाको शव भेटियो [अपडेट]

  • सोमवार, साउन १९, २०७७
मेलम्ची पहिरो : ७ जनाको शव भेटियो [अपडेट]

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएको छ ।

सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
बेपत्ता हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको पनि डीएसपी काफ्लेले जानकारी दिए ।

पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार