बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा आज ७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४०१ पुग्यो

सुदूरपश्चिममा आज ७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४०१ पुग्यो

  • बुधबार, साउन १४, २०७७
सुदूरपश्चिममा आज ७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४०१ पुग्यो

सुदूरपश्चिममा आज ७४ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५७ र डडेल्धुरा अस्पतालमा १७ गरी आज ७४ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरामा भएको परीक्षणमा डोटीका १५ र बैतडीका दुई जनामा संक्रमण पुष्टि भएको हो।

यता सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ३८ पुरुष र १९ महिला गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा दुई सय जनाको कोरोना परीक्षण भएकोमा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो।

सूचना अधिकारी श्रेष्ठका अनुसार सबैभन्दा बढि डोटीको आदर्श गाउँपालिकामा ३७ जनामा कोरोना देखिएको छ। उनीहरु मध्ये १४ महिला र २३ पुरुष रहेका छन्। चार जना भने एक बर्षमूनीका बालबालिका समेत रहेको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका चार पुरुष र एक महिला गरी पाँच जना, बेलौरी नगरपालिकाका दुई पुरुष र एक महिला गरी तीन जनामा समेत कोरोना पुष्टि भएको उनले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको भजनी नगरपालिकाका तीन पुरुष र दुई महिला गरी पाँच जना, बर्दगोरीया गाउँपालिकाका दुई पुरुष र एक महिला गरी तीन जनामा पनि कोरोना पुष्टि भएको छ।  डडेल्धुराको परशुराम नगरपालिकाका चार पुरुषमा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले दिनेश खवरलाई बताए। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार चार सय एक पुगेको छ।

संक्रमण पुष्टि भएका दुई हजार ८ सय ७३ जना डिस्चार्ज भईसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार १९ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीका सात सय ६७, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय २३, डडेल्धुराका तीन सय सात, बैतडीका दुई सय ८५, बझाङका एक सय ८२ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो।

चर्चामा

सम्बन्धित समाचार