शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रहरीमा बढ्दै जोखिम, ३६ हवल्दारसहित ११६ संक्रमित

प्रहरीमा बढ्दै जोखिम, ३६ हवल्दारसहित ११६ संक्रमित

  • शुक्रबार, साउन ९, २०७७
सेयर गर्नुहोस् :
प्रहरीमा बढ्दै जोखिम, ३६ हवल्दारसहित ११६ संक्रमित

काठमाडौं — मुलुकका विभिन्‍न जिल्लाका ११६ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३६ हवल्दार, ५८ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् ।
जसमध्ये दुई महिला र ११४ पुरुष छन् । संक्रमित प्रहरीमा काठमाडौंका ९, भक्तपुरका १, धनकुटाका २, मोरङका ५ , बाराका ७, धनुषाका १२ , सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका एक र स्याङ्जाका तीनजना छन् । यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्‍चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार