शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खाद्य अधिकार सवालमा नागरिक समाजको सक्रियता बढदै

खाद्य अधिकार सवालमा नागरिक समाजको सक्रियता बढदै

  • शुक्रबार, फाल्गुन ३, २०७५
खाद्य अधिकार सवालमा नागरिक समाजको सक्रियता बढदै

मदन बि.क
बाजुरा ३ फाल्गुण
हिमाली गाँउ पालिकाको कवाडी र धुलाचौर डिपो बाट चामलको मुल्यमा मनोमानी भएको नागरिक समाजले जिल्ला प्रशासनलाई जानकारी गरायो । सोना मसिनो चामल ३० केजीको डिपो बाट सर्बसाधारणलाई १५ सय ५० मा बिक्रि गर्नु पर्ने भएपनि ठेकेदारले १६ सय २५ भन्दा माथि मुल्य बाट बिक्रि भएको पाईएको थियो, नागरिक समाजका अगुवा गोरख सार्कीले वताए । ठेकेदार नन्द महतरालाई खाद्य संस्थान सुर्खेतले गत बर्षको दर रेट पठाएर मुल्य बढि लिइएको पाईएका थियो ।
कवाडी डिपो र धुलाचौर अस्थायि बिक्रि केन्द्र खाद्य संस्थानको भएपनि कर्मचारी नभएपछि ठेकेदारले स्थानिय निकाय, प्रहरीको रोहबोहरमा बिक्रि गर्ने ब्यबस्था रहेको छ । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भने चामलको मुल्य खाद्य संस्थानको दर भन्दा बढि मुल्यमा बिक्रि भएको जानकारी पाएपछि दर घटाएको वताए र बढि लिएको पैशा पनि फिर्ता गर्न लगाएको उनले वताए । अहिले भने मनोमानी मुल्य नभएको नागरिक अगुवा गोरखले वताए । भदौ १ गते अबिरल बर्षाले नन्दे परिको घर भत्कीएर एक मृत्युु भएको थियो । सो बस्तीका १ सय ४३ परिवार पुर्ण रुपमा बिस्थापित भएका थिए । नागरिक समाज पत्रकारले स्थलगत अनुगमन पछि पिडित परिवारले राहत पाएका थिए । बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले भने नागरिक समाज पत्रकारले उनिहरुको बिचल्लीको अबस्था बाहिर ल्याएपछि सहयोगि निकाय आएको वताए । कसैले पाल, कसैले खाद्यन्न, भाडाकुडा, लत्ताकपडा दिएको शाहले वताए ।
स्वामीकार्तिक खापर गाँउपालिका १ र २ साप्पाटाका बासिन्दा रोजगारीका लागि भारत जानु परेको भन्दै नागरिक समाजको अगुवाईमा प्रतिनिधि सभाका सदस्य र गाँउपालिकालाई गाँउमै रोजगारको लागि ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाएपछि स्वामीकार्तिक खापर गाँउपालिकाले स्वरोजगारका लागि कार्यबिधि बनाई ४० जना युवालाई रोजगार दिनका लागि काम शुरु अगाडी बढाएको नागरिक सेवा तथा खाद्य अधिकार समुहका अध्यक्ष जनेश भण्डारीले वताएका छन् । त्यस्तै बाजुरामा नागरिक समाजले हलियाको सवाल र गरिब परिचय पत्रको बारेमा समेत सम्बन्धि निकायलाई ध्यानाकर्षण गराएको थियो । धनीले पनि गरिब परिचय पत्र पाउने भएपछि छानवीनका लागि नगरपालिका कुरा उठाएको बडिमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले वताए ।
खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैशीले भने बजार अनुगमन र जथाभाबी डोजरले पारेको बारेमा पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको वताए । बजार अनुगमनका बारमा प्रशासनलाई ध्यानाकर्षण गरएपछि प्रशासनले बाजुराका स्थानिय बजारमा अनुमगन हुने गरेको वताए । पछिल्लो समयमा खाद्य अधिकारका बारेमा बिभिन्न सवालका बारेमा उठान गर्दै आएको जैशीले भने । बाजुरामा खाद्य अधिकार र नागरिकका सवालका बारेमा फियान नेपाल, पिसवीन, गिफ्ट, एचआरसी, मिस, महिला विकास मञ्च लगाएतका गैरसरकारी संस्था काम गर्दै आएका छन् । गैर सरकारी महासंघ बाजुरा अध्यक्ष अग्निराज शाहिले भने बाजुरामा बिभिन्न सवालमा नागरिक समाजको महत्वपुर्ण भुमिका निर्वाह भएको वताएका छन् । चाहे खाद्य अधिकारका मुद्धा होस चाहे अन्य कुनै नै मुद्धा नागरिक समाजको महत्वपुर्ण भुमिका रहेको वताए ।

चर्चामा

सम्बन्धित समाचार