स्वर्णलक्ष्मीको बचत ठगीमा जीबी राईसहित २४ विरुद्ध पक्राउ पुर्जी
काठमाडौँ — काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारीको बचत ठगीसम्बन्धी अनुसन्धान बल्ल अघि बढेको छ । स्वर्णलक्ष्मीका सयौं बचतकर्ताबाट गतवर्ष नै काठमाडौं प्रहरी वृत्त कालीमाटीमा जाहेरी परे पनि अनुसन्धान अघि बढेको थिएन । सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको भन्दै नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बञ्जाडे (जोशी), तत्कालीन […]