स्पेनमा भीषण बाढी, ७२ को मृत्यु
भ्यालेन्सिया— असिनासहितको मुसलधारे भीषण वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी कम्तीमा ७२ जनाको मृत्यु भएको छ । कैयौं बेपत्ता भएका छन् । स्थानीय अधिकारीले ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने बताएका छन् । भ्यालेन्सिया नजिकैको चिभा सहरमा वर्षभरिमा पर्ने पानी आठ घण्टामै परेको छ । बाढीबाट सडक, रेल मार्ग र पुल भत्किएका छन् । कैयौं फराकिला क्षेत्र […]