घरमा आमा बितिन्, महाकालीपारि छोरा बसे कोरामा
लकडाउन, आइसोलेसन, क्वारेन्टिन, सोसल डिस्टयान्सिङ। दार्चुलाको शल्यशिखर नगरपालिका-१ का ३५ वर्षीय वासुदेव भट्टले जीवनमा कहिल्यै पनि यी शब्द सुनेका थिएनन्। उनलाई यी शब्दसँग कहिल्यै काम पनि परेको थिएन। उनी त भारतका पहाडहरूमा केही महिना काम गर्थे। दुई-चार हजार भारू कमाउँथे। त्यही पैसाले घरको जोहो टार्थे। साल बदलिन्थे तर उनको भारतमा मजदुरी र नेपालको घरखर्चको चक्र […]