१० महिने शिशुसहित चितवनका थप ५३ जनामा कोरोना संक्रमण
चितवनका थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट आइतबार राति प्राप्त विवरणमा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो उल्लेख छ। संक्रमण पुष्टि हुनेहरु १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्म छन्। भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी […]