मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मङ्लबार, जेष्ठ २६, २०८३
सेयर गर्नुहोस् :
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

बाजुरा– सरकारले देशभरका सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरी समिति गठनको जानकारी गराएको हो ।

मन्त्रीस्तरीय निर्णयअनुसार गठित जिल्ला समिति ७ सदस्यीय रहनेछ । जसको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । समितिको संरचना यस प्रकार तोकिएको छ:

१. अध्यक्ष: प्रमुख जिल्ला अधिकारी

२. सदस्य: प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्ला भित्रको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत

३. सदस्य: जिल्ला समन्वय अधिकारी

४. सदस्य: जिल्ला सदरमुकामस्थित भूमि प्रशासन कार्यालयका प्रमुख

५. सदस्य: जिल्ला सदरमुकामस्थित डिभिजन वन कार्यालयका प्रमुख

६. सदस्य: जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि

७. सदस्य-सचिव: जिल्ला सदरमुकामस्थित नापी कार्यालयका प्रमुख

गत जेठ १९ गते गते मन्त्रिपरिषद्को निर्णयानुसार बलभद्र बास्तोलाको अध्यक्ष रहेको केन्द्रीय समिति बनिसकेको छ ।

नवनियुक्त जिल्ला समितिहरूलाई भूमिसम्बन्धी समस्याहरूको पहिचान र समाधानका लागि कार्यहरू अघि बढाउन निर्देशन दिइएको छ । यसअघि केन्द्र तथा जिल्लास्तरमा भूमि समस्या समाधान आयोगमा राजनीतिक नियुक्ति हुँदै आएको थियो । सरकारले हालै अध्यादेशमार्फत् उक्त आयोग खारेज गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार