आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाचार
  • आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान

आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान

  • बुधबार, मंसिर ६, २०८०
आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान

काठमाडौँ —इन्सेकले मङ्सिर ७ गते अर्थात बिहीबार काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा आ–आफ्नो कार्यक्रम सम्पन्न गर्न आह्वान गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बुधबार विज्ञप्ति जारी गर्दै कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गरेका हुन्।

‘विगत लामो समयदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अनुगमन कार्यलाई भोलि हुने प्रदर्शनका सन्दर्भमा पनि हामी निरन्तरता दिँदैछौँ । इन्सेकले प्रदर्शनको निष्पक्ष अनुगमन तथा अभिलेख गरी साथै मङ्सिर ७ गते साँझ नै प्रारम्भिक प्रतिवेदन प्रकाशन गर्नेछ’–विज्ञप्तिमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार