शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

  • बिहिबार, पुस २२, २०७८
दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

दाङ — दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट लमहीतर्फ आउँदै गरेको स्कार्पियो बुधबार राति २ बजे अनियन्त्रित भइ लमही- ३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेमा लमही नगरपालिका-२ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडानम्बर ५ को कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, रातो डाँडा निवासी १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सिर्जना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानुप्रसाद गुप्ता, वडानम्बर ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार रहेका छन् ।

दुर्घटनामा चालक विनोद चौधरी, प्रदीप चौधरी, भानुप्रसाद गुप्ता, सिर्जना सुनारको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बाँकी घाइतेको मुख र हातमा चोट लागेको छ । घाइतेहरूको नेपालगञ्ज र बुटवलमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार