शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा गोली लागेर एक युवकको मृत्यु

चितवनमा गोली लागेर एक युवकको मृत्यु

  • बिहिबार, साउन ७, २०७८
चितवनमा गोली लागेर एक युवकको मृत्यु

 चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिम डाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् ।

प्रहरी चौकी चनौलीको एरियामा युवकको शव फेला परेको प्रदेश ३ प्रहरी कार्यालयका डिआइजी प्रकाशजंग कार्कीले  बताए ।

नहरमा फेला परेको शवबाट रगत बगेको छ । घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको डिआइजी कार्कीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार