शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • राजनीतिलाई जनताको पकडमा ल्याउन खबरदारी गरिरहनेछौँ : बृहत् नागरिक आन्दोलन

राजनीतिलाई जनताको पकडमा ल्याउन खबरदारी गरिरहनेछौँ : बृहत् नागरिक आन्दोलन

  • बुधबार, फाल्गुन १२, २०७७
राजनीतिलाई जनताको पकडमा ल्याउन खबरदारी गरिरहनेछौँ : बृहत् नागरिक आन्दोलन
FILLE PHOTO

बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतको बदर गर्ने निर्णयलाई स्वागत गरेको छ । पुस ५ गतेको असंवैधानिक संसद् विघटनलाई सर्वोच्च अदालतले आज बदर गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको आन्दोलनको ठहर छ । यस फैसलाले संवैधानिक प्रक्रिया सुचारु गर्न राजनीतिक दलहरूलाई वैधानिक बाटो दिएको आन्दोलनले बताएको छ ।

आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटन त्यसअघिदेखि नै सुरु भएका असंवैधानिक अभ्यास र प्रतिगामी कदमहरूको प्रकट रुप मात्र थियो । विघटनसम्म पुग्नका लागि राजनीतिक प्रक्रियामा निहित जड कारणहरुको आत्मसमीक्षा गर्दै अब राजनीतिक दलहरूले अग्रगामी राजनीति सुनिश्चित गर्न संविधानमा पहिल्यैदेखि रहेका असन्तुष्टि सम्बोधन गर्नुपर्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिक सर्वोच्चता कायम गर्न नसकिरहेको अवस्थामा यसका लागि बृहत् नागरिक आन्दोलनले यही फागुन ७ गते जारी गरेको घोषणापत्र मार्फत राजनीतिक प्रक्रियामा जनताको स्वामित्व कायम गर्न दबाब जारी राख्ने संकल्प गरेको विज्ञप्तिमा भनिएको छ ।

सामाजिक न्याय सहितको लोकतन्त्रलाई आमनागरिकले जीवन्त रुपमा महसूस गर्न सकिने अवस्था निर्माण गर्न तथा तमाम असन्तुष्ट समुदायहरूले अपनत्व बोध गर्न सक्ने गरी संविधानलाई अध्यावधिक गर्न बृहत नागरिक आन्दोलन निरन्तर संघर्षरत रहने पनि उल्लेख गरिएको छ । ‘बृहत् नागरिक आन्दोलनले राजनीतिलाई जनताको पकडमा ल्याउन विभिन्न नागरिक तथा सामाजिक समूहहरूसँग संवाद गर्दै नित्य खबरदारी गरिरहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार