शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • गाउँपालिकाको भवनमा वम विस्फोट

गाउँपालिकाको भवनमा वम विस्फोट

  • आइतवार, मंसिर ७, २०७७
गाउँपालिकाको भवनमा वम विस्फोट

उदयपुर— उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शनिबार राती अज्ञात समुहले बम विस्फोट गराएको छ । वडा नं ५ रुपाटारमा रहेको गाउँपालिकाको कार्यालय परिसरको नागरिक सहायक कक्षमा राति १:१५ बजेतिर बम बिस्फोट भएको हो ।

सँगै रहेको अर्को बम भने बिस्फोट हुन बाँकी रहेकाले डिस्पोजका लागि नेपाली सेनाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए ।

विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफ लगायतका सामानमा क्षति भएको उनले बताए । घटनास्थल प्रहरीचौकी रुपाटारबाट एक सय मिटर उत्तरी क्षेत्रमा रहेको छ ।

मध्यरातमा नजिकबाट ठूलो आवाज आएपछि स्थानीय आतंकित भएको स्थानीय शेरजङ्ग ठकुरीले बताए । उनले भने, ‘मस्त निद्रामा एक्कासी ठूलो आवाज आयो, सुरुमा त पत्यार लागेन त्यसपछि सबै हल्लाखल्ला गर्न थालेपछि रातभर सुत्न पाइएन ।’

अहिले घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिए । बम विस्फोटको कसैले जिम्मा लिएको छैन् । गाउँपालिकाको आफ्नै कार्यालय भवन नभएपछि तीन वर्षयता पालिकाको कार्यालय महेन्द्र रत्न माध्यमिक विद्यालयको भवनमा भाँडामा संचालन हुँदै आएको थियो ।

गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बम किन र कस्ले विस्फोट गराएको भन्ने आफू अनभिज्ञ रहेको बताए । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार