बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाबाट दुई चिकित्सकको निधन

कोरोनाबाट दुई चिकित्सकको निधन

  • सोमवार, मंसिर १, २०७७
कोरोनाबाट दुई चिकित्सकको निधन
डाक्टर सुनिल झा (दायाँमा) र डाक्टर नारायण थापा (बायाँमा ।

काठमाडौँ — कोरोना संक्रमित बिरामीहरुको उपचारको क्रममा कोभिड-१९ संक्रमण भएर दुई जना चिकित्सकहरुको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो ।

डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुन् । यस्तै डाक्टर थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष हुन् ।डाक्टर झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको मन्त्रालयले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले चिकित्सकहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको जनाउँदै समवेदना प्रकट गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार