शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • भाइबरले प्रयोगकर्ताले ‘माइ नोट्स’मा दशैंको लागि रिमाइण्डर सेट गर्न मिल्ने

भाइबरले प्रयोगकर्ताले ‘माइ नोट्स’मा दशैंको लागि रिमाइण्डर सेट गर्न मिल्ने

  • शनिबार, कार्तिक १, २०७७
भाइबरले प्रयोगकर्ताले ‘माइ नोट्स’मा दशैंको लागि रिमाइण्डर सेट गर्न मिल्ने

राकुटेन भाइबरले प्रयोगकर्ताहरुलाई आफ्ना कार्यहरु र अन्य महत्वपूर्ण कार्यक्रमहरुका लागि रिमाइण्डर राख्न मिल्ने गरेर माइ नोट्समा विशेषता थप गरेर सार्वजनिक गरेको छ ।

प्रयोगकर्ताको गोपनीयतालाई जोड दिने र चलाउन सजिलो एपको यो नयाँ खुबीले प्रयोगकर्ताहरुलाई उनीहरुको सबै सन्देशहरु र रिमाइण्डरहरु सुरक्षित राख्न मद्दत गर्दछ ।

विश्वले दिन प्रति दिन तीव्रतापूर्वक फड्को मारिरहेको बेला र महामारीका कारणले आएका चुनौतीहरुद्वारा व्यस्त तालिकाहरु अझ धेरै अस्तव्यस्त भएका छन्, यस्तो समयमा रिमाइण्डरहरु र कार्य सूचीहरुलाई नियन्त्रण गर्नु हाम्रो जीवनमा बढी महत्वपूर्ण भएको छ । यी रिमाइण्डरहरुले जन्मदिन सम्झिन, आउँदै गरेको परिक्षाहरु सम्झिन, र कन्फ्रेन्स् कलहरु सम्झिन मद्दत गर्छ ।

भाइबरमा माइ नोट्सको नयाँ रिमाइण्डर विशेषताका साथ प्रयोगकर्ताहरुले साथीभाइ, परिवार र सहकर्मीहरुलाई सन्देश पठाउन प्रयोग गर्ने एउटै प्लेटफर्ममा नै उनीहरुका दिनहरुको रेकर्ड राख्न समर्थ बनाइदिन्छ र अहिलेको नयाँ परिस्थितिसँग सहजै अनुकूल हुन मद्दत गर्दछ । यो प्रयोगकर्ता–मैत्री फिचरका साथ व्यक्तिले दशैंको लागि “टु–डु रिमाइन्डर” सेट गर्न सक्दछन्, सपिंग सूचीमा आईटमहरू थप्न सक्छन् र पूरा भएको काम क्रस गर्न पनि सक्नेछन् ।

प्रयोगकर्ताहरुले केवल माइ नोट्समा कुनै पनि सन्देशलाई धेरैबेर ट्याप गरेर “सेट रिमाइण्डर” ट्याप गरे पुग्छ । उनीहरुलाई रिमाइण्डरको लागि समय र मिति चयन गर्न तथा उनीहरुले कहिले यसलाई दोहोर्‍याउन चाहन्छन् भन्ने सम्बन्धमा ध्यानाकर्षण गराइन्छ । त्यसपछि रिमाइण्डरले उनीहरुले चयन गरेको दिन र समयमा उनीहरुको फोनमा संकेत प्रवाह गर्नेछ । यो विशेषता माइ नोट्समा भएका अन्य खुबीहरुको शिर्षमा आउनेछ, जस अनुसार प्रयोगकर्ताहरुलाई यी अनुमतिहरु रहनेछन्ः

कार्यहरु, कार्यक्रमहरु वा अन्य प्रयोजनहरुका लागि टिप्पणीहरु टिप्ने ।
उनीहरुको कार्य पूरा भएको चिन्ह लगाउने, साथसाथै सकिएका टिप्पणीहरु अदृश्य बनाउने ।
अन्य च्याटहरुबाट सन्देशहरु माइ नोट्समा सार्ने । अन्य च्याटहरुबाट माइ नोट्समा सारिएका नोटहरु कुन च्याटबाट सारिएका हुन् भनेर देखाउनेछ, यसले गर्दा प्रयोगकर्ताले सधैं विषय सम्झन सक्छन् ।

“हामीले हाम्रा प्रयोगकर्ताहरुको आफ्नो जीवनमाथि नियन्त्रण कायम गर्न र छिनभरमै परिवर्तन हुने बाध्यकारी परिस्थितिसँग अनुकूल हुन पर्ने कुरा बुझेका छौं । यही प्रसंगमा हामीले प्रयोगकर्ताहरुलाई सहयोग गर्न यो सुविधा प्रस्तुत गर्न सकेकोमा हामी हर्षित छौं । यो सुविधाले प्रयोगकर्ताहरुको गोपनीयताको वास्तविक रुपमा कदर गरी उनीहरुको सन्देशहरु र रिमाइण्डरहरु एउटै एपमा राख्न मद्दत गर्नेछ ” राकुटेन भाइबरका सिजिओ आना जमेंन्स्कायाले भने ।

चर्चामा

सम्बन्धित समाचार