बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बागमति प्रदेशका मूख्यमन्त्रिको स्वकिय सचिव पौडेलको कार्यशैलीप्रति रेडियो बुलेटिनको आपत्ति

बागमति प्रदेशका मूख्यमन्त्रिको स्वकिय सचिव पौडेलको कार्यशैलीप्रति रेडियो बुलेटिनको आपत्ति

  • बिहिबार, भदौ १८, २०७७
बागमति प्रदेशका मूख्यमन्त्रिको स्वकिय सचिव पौडेलको कार्यशैलीप्रति रेडियो बुलेटिनको आपत्ति

रेडियो बुलेटिनले बागमति प्रदेशका मूख्यमन्त्रि डोरमणी पौडेलका स्वकिय सचिव अनुप पौडेलको कार्यशैलीप्रति आपत्ति जनाउदै बिज्ञप्ती निकालेको छ।रेडियोले गरेका हरेक कार्यक्रममा बागमति प्रदेशका मूख्यमन्त्रिलाई सहभागी गराउन गरिएको अनुरोधप्रति मूख्यमन्त्रिका स्वकिय सचिव पौडेलले सधै बेवास्ता गरेकोले बिज्ञप्ती निकाल्नु परेको रेडियोका प्रबन्ध निर्देशक अनिल कुमार खातिले बताउनु भयो ।

आज निकालिएको बिज्ञप्तीमा – “ रेडियोमा भएका हरेक कार्यक्रमहरुमा बागमति प्रदेशका माननीय मुख्यमन्त्रि श्री डोरमणी पौडेलज्यूलाई अवगत गराउने क्रममा पटक पटक माननीय मुख्यमन्त्रिज्यूको स्वकिय सचिवको रुपमा कार्य गरिरहनु भएका अनुप पौडेलबाट ख्यालठट्टाको रुपमा जवाफ दिने र माननीय मुख्यमन्त्रिज्यूलाई कुनै पनि कार्यक्रमको जानकारि नदिई समय उपलब्ध नगराएकोप्रति हामी अत्यन्तै दुखित भएका छौ । ” भनिएको छ ।

साथै, बिज्ञप्तीमा – “ मकवानपुरबाट निर्वाचित भएर प्रदेशसभा सदस्यका रुपमा बागमति प्रदेश सभा भवन प्रबेश गर्नु भएका माननीय मुख्यमन्त्रिज्युको जिम्मेवारी उहालाई अमूल्य मत दिई बिजयी गराउने जनता, जिल्लावासि र प्रदेशका जनता सबैप्रति उतिकै सर्वसुलभ रहनु पर्नेमा स्वकिय सचिवका रुपमा रहेका अनुप पौडेलबाट त्यो हुन नदिएको प्रति रेडियो बुलेटिन माननीय मुख्यमन्त्रि श्री डोरमणी पौडेलज्यूलाई यसै प्रेश बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराउदछौ । माननीय मुख्यमन्त्रिज्यूबाट सिघ्र यस सम्बन्धमा उचित कदम चालियोस भन्ने जोडदार माग गर्दछौ । ” भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार