बुधबारदेखि देखिएको जिमेल र गुगल ड्राइभको समस्या समाधान भएको छ । विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येको एक गुगलले प्रदान गर्ने सेवामा आएको समस्याको कारणै नखुली समस्या समाधान भएको बताइएको छ ।
जिमेल र ड्राइभमा फाइल एट्याच हुन नसक्ने समस्याले प्रयोगकर्तालाई करिब १ दिन समस्यामा पार्यो । फाइल एट्याच नहुने, ढिलो एट्याच हुने, एट्याच भइसकेपछि पनि फेल देखाउने समस्या प्रयोगकर्ताका लागि बिहीबार दिनभरी नै टाउको दुखाइ बन्यो । इमेल सेन्ड नहुने, ड्राइभमा सेभ नहुने लगायत समस्या बिहीबार नेपाली प्रयोगकर्ताले भोग्नु पर्यो ।
समस्या समाधान बताइए पनि केही नेपाली प्रयोगकर्ताले अझै समस्या झेलिरहेका छन् । ड्राइभमा पनि फाइल अपलोड र डाउनलोड नहुने लगायतका समस्या छन् । गुगल डक्सलगायत ड्राइभसँग सम्बन्धित सबै कार्यमा समस्या देखिएको थियो ।
गुगलले समस्या बेहोर्नु परेको स्वीकार सकेको छ । तर, समस्याका बारेमा खुलाएको छैन । प्रयोगकर्ताले गुगलका अन्य सुविधामा पनि समस्या आएको जनाएका छन् ।
साँझ ५ बजेर १० मिनेटमा गुगलले जारी गरेको सूचनामा जिमेलमा भएको समस्या समस्या भइसकेको हुनुपर्ने दाबी गरिएको छ ।
गुगलले भनेको छ, “असुविधाका लागि क्षमाप्रार्थी छौं । प्रणालीको विश्वसनीयता हाम्रो शीर्ष प्राथमिकता हो । हाम्रो प्रणाली सुधारमा हामी निरन्तर प्रयासरत छौं ।”