बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • दैलेखको क्वारेन्टाइनमा शिशुको जन्म, युवकको मृत्यु

दैलेखको क्वारेन्टाइनमा शिशुको जन्म, युवकको मृत्यु

  • शनिबार, जेष्ठ १७, २०७७
दैलेखको क्वारेन्टाइनमा शिशुको जन्म, युवकको मृत्यु

दैलेख । ठाँटीकाँध गाउँपालिका– २ जनता प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलाले शुक्रवार राति बच्चा जन्माएकी छन् । तीन दिनअघि भारतको पौडी गडुवालबाट आएकी २२ वर्षीया मीना बिकले शनिबार राती १० बजे शिशुको जन्मदिएकी हुन् ।

मिनाले पहिलो सन्तान छोरीलाई जन्म दिएको वडाअध्यक्ष रुपलाल विश्वकर्माले बताए । तीन बर्षअघि विवाह गरेकी मिना पति मनबहादुर विक सँग रोजगारीको लागि भारत गएकी थिइन् । जेठ १४ मा उनी ठाटीकाँध फर्किएकी हुन् । सुत्केरी व्यथा लाग्ना साथ क्वारेन्टाइनमा रहेकी मिनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा सुरक्षित सुत्केरी गराउन ल्याउँदा बिच बाटोमै शिशु जन्माइएकी स्वास्थ्यकेन्द्रकी इन्र्चाज लक्ष्मी कुमारी रावत(बुढा) ले जानकारी दिइन् । उनले भनिन्, शिशु र आमाको अवस्था ठिक छ ।’ शिशु र सुत्केरी मीनाको स्वास्थ्य राम्रो रहेको र उनीहरुको पिसिआर जाँच्न बाँकी रहेकोे स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मीकुमारी रावत बुढाले जानकारी दिइन् ।

‘राती नै हामीले सुत्केरीलाई बिच बाटोबाट उद्धार गरी स्वास्थ्य संस्थामा राखेका छौं’, उनले भनिन् । यस गाउँपालिकाको क्वारेन्टाइनमा रहेका मानिसको आरडीटी र पिसिआर परिक्षण नहुँदा जोखिम बढन सक्ने अनुमान गरिएको छ । सरकारले आरडीटी र पिसिआरको परीक्षणको छिटो पहल गरोस् । परिक्षण नुहँदा प्रत्यक्ष जोखिममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पर्ने गरेको छन् ।

त्यसैगरी दैलेखको दुल्लु नगरपालिकाका –७ मा एकजना युवकको क्वारेन्टाइनमा मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लूनगरपालिका ७ का ३५ बर्षीय कर्णबहादुर थापा रहेका छन् । आठ दिनअघि थापा बम्बैबाट गाउँ फर्किएका थिए । विद्युत प्राविधिक कार्यालयको क्वारेन्टाइनमा बसेका थापा बिहान साथीसँगै उठेका थिए । मृतकको कुन कारणले मृत्यु भयो भन्ने बारेमा पुष्टि हुन नसकेको र त्यसतर्फ स्वास्थ्कर्मी खटिएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए । #राजधानि

चर्चामा

सम्बन्धित समाचार