मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • भीडभाड रोक्न प्रहरीलाई ‘कोरोना हेल्मेट’

भीडभाड रोक्न प्रहरीलाई ‘कोरोना हेल्मेट’

  • बुधबार, बैशाख ३, २०७७
भीडभाड रोक्न प्रहरीलाई ‘कोरोना हेल्मेट’

नयाँदिल्ली : कोरोना भाइरस रोकथामका लागि भारतमा २१ दिनको लकडाउन गरिएको छ । देशव्यापी रुपमा लकडाउन उल्लंघन गर्ने क्रम पनि जारी छ । सरकारले सडकमा निस्किने तथा हिँडडुल गर्नेलाई कारवाही गरे पनि उल्लंघन गर्ने क्रम रोकिएको छैन । यस्तैमा एक प्रहरी अधिकृत कोरोना रोकथामका लागि सिर्जनात्मक सन्देश दिने उपाय खोज्दै छन् ।

चेन्नइका प्रहरी नीरिक्षक राजेश बाबुले विशेष किसिमको हेल्मेट प्रयोग गर्दै कोरोना विरुद्ध सन्देश फैलाएका हुन् । हरेक दिन उनी कोरोना भाइरसको चित्र झल्काउने हेल्मेट लगाएर सवारी साधन तथा पैदलयात्रीलाई रोक्न पुग्छन् ।

उनले लगाउने हेल्मेट रातो रंगको छ । जुन हेल्मेट तस्बिरमा देखिने चारैतिर तिखा काँडा भएको कोभिड १९ को जस्तै देखिन्छ । सिएनएनका अनुसार स्थानीय कलाकार बी गोथमले तयार पारेको हेलमेट हो । गोथम चेन्नइमा रहेको आर्ट किंग्डमका संस्थापक पनि हुन् ।

गोथम मानिसहरु कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा नलिएको ठान्छन् । यसैले पनि उनीहरुलाई डर देखाएरै सन्देश दिन यस्तो हेल्मेट तयार पारेको बताउँछन् । रिपोर्टमा बताए अनुसार उनी नजिकैको प्रहरी चौकीमा पुगे । जहाँ प्रहरी खटिरहेका देखिन्थे । उनीहरुको कामलाई सजिलो र प्रभावकारी बनाउने गरी यस्तो हेल्मेट तयार पारेको उनको भनाइ छ ।

प्रहरी नीरिक्षक बाबु भने हरेक मोटरसाइकल र कारलाई रोक्दै सचेत गराउँछन् । भारतमा हालसम्म कोरोना भाइरसका संक्रमित १ हजार २४ जना पुगिसकेका छन् । साथै २७ जनाको मृत्यु भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार