शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • सुचना प्रबिधी
  • लोक सेवा आयोगद्वारा परीक्षा स्थगित

लोक सेवा आयोगद्वारा परीक्षा स्थगित

  • शुक्रबार, चैत्र ७, २०७६
लोक सेवा आयोगद्वारा परीक्षा स्थगित

विश्वभरभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासको कारण स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै लोक सेवा आयोगले चैत्र ८ गते अर्थात शनिबारदेखि चैत मसान्तसम्म सञ्चालन हुने सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको आयोगको बैठकले चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका सञ्चालन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उपसचिव एकनारायण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । बिहीबार नै त्रिभुवन विश्वविद्यालयले चैत ७ गते देखिकासबै परीक्षाहरु स्थगित गर्ने निर्णय पनि गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार