बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • होलीमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह

होलीमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह

  • सोमवार, फाल्गुन २६, २०७६
होलीमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह

बाजुरा २६ फागुन – रङ्गहरुको उत्सव होली अर्थात् फागु पर्व औपचारिक रुपमा आज सुरु भएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाइलो गर्दा ध्यान दिन जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाबासी हरुको ध्यानाकर्षण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले एक सार्बजनिक सुचनामार्फत होलीको समयमा अनाआबस्यक रङ दल्ने भिडभाड गर्न नहुने भनिएको छ ।

सुचना हेर्न  लिकंमा किलिक गर्नुहाेला  suchanaa
पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको हस्ताक्षेरीत सार्बजिनीक सुचनामा उल्लेख गरिएको छ ।
त्यसै गरी कोराना भाइरसको बहानामा बजार कालोबजारी गर्न पनी नपाईने सोही सुचनामा उल्लेख गरिएको छ । यदि बजारमा कोराना भाइरसको अवाफ हल्ला फिजाएर कालो बजारी गर्ने जो कुकैलाई पनी कानुनी दायरामा ल्याने जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ ।
बिश्वभर त्रासमय बनेको कोरोना भाइरसबाट बच्न बिभिन्न साबधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह समेत गरेको छ । कोराना भाइरसबाट बच्न माक्स लगाउने, साबुन पानीले हात धुने । अनाआबस्यक भिडभाड नगर्ने , कुनै गोष्ठी सेमिनार जस्ता कार्यक्रम समेत नगर्न प्रमुख जिल्ला अधिकारी न्यौपानेले आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा रहेका सुचनाको मात्र पालना गर्नुपर्ने प्रजिअ न्यौपानेले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार