बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • देशका केहि भू-भागमा मेघगर्जन सहित वर्षा हुने

देशका केहि भू-भागमा मेघगर्जन सहित वर्षा हुने

  • आइतवार, फाल्गुन १८, २०७६
देशका केहि भू-भागमा मेघगर्जन सहित वर्षा हुने

काठमाडौँ– शनिबार सामान्य रहको देशभरको मौसममा आइतवार पुनः बदलि आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज नेपालका पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

पूर्वानुमान महाशाखाका अनुसार आज देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ। बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ।

त्यसैगरी, आइतबार रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहने बताइएको छ भने पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार