शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • मौसम: हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना

मौसम: हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना

  • मङ्लबार, फाल्गुन १३, २०७६
मौसम: हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना

मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार मङ्गलबार मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ । यस्तै दिउँसोपछि केही ठाउँमा हावाहुरी पनि चल्ने उहाँको अनुमान छ ।

बुधबारदेखि मौसम बिस्तारै खुले पनि पूर्णरुपमा सफा हुन भने अझै केही दिन लाग्ने मौसमविद् पोख्रेलले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार