शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • निर्वस्त्र तस्बिर पठाएर ‘ब्ल्याकमेल’ गरी बलात्कार

निर्वस्त्र तस्बिर पठाएर ‘ब्ल्याकमेल’ गरी बलात्कार

  • आइतवार, माघ ५, २०७६
निर्वस्त्र तस्बिर पठाएर ‘ब्ल्याकमेल’ गरी बलात्कार

विवाहित महिलाको निर्वस्त्र तस्बिर पठाएर बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका-७ का २५ वर्षीय रविन आचार्यलाई इलाका प्रहरी कार्यालय पथरीले अश्लिल फोटो पठाएर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । पथरीका डीएसपी दिलिप गिरीका अनुसार आरोपी आचार्यले सामाजिक सञ्जालमा एक निर्वस्त्र तस्बिरमा पीडित महिलाको टाउको हालेर ‘ब्ल्याकमेलिङ’ गरेका थिए। उनले भने, ‘केटोले सुरुमा महिलाको टाउको जोडेको एक निर्वस्त्र तस्बिर पठायो। त्यसपछि महिलालाई ओरिजिनल निर्वस्त्र तस्बिर पठाउन लगायो। अनि, बार्गेनिङ गरेर ती महिलासँग जबरजस्ती यौन सम्बन्ध राखेको देखिन्छ। ‘

डीएसपी गिरीका अनुसार आचार्यले सामाजिक सञ्जालमा निर्वस्त्र तस्बिर भाइरल बनाइदिने धम्की दिएर ती महिलासँग शारीरिक सम्बन्ध राखेको बताए।
आचार्यले पटक पटक शारीरिक सम्बन्ध राख्न दबाब दिएपछि पीडित महिलाले आफ्ना पतिलाई घटनाको विवरण बताएपछि शुक्रबार इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए। ‘उजुरी आउने बित्तिकै आचार्यलाई पक्राउ गरेर छानबिन थाल्यौं,’ गिरीले भने, ‘आइतबार जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।’
साभार कान्तिपुर

चर्चामा

सम्बन्धित समाचार