शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कैलाली अदालतको आदेशपछि भारतमा चोरीमा संग्लन ६ जना कारागार चलान

कैलाली अदालतको आदेशपछि भारतमा चोरीमा संग्लन ६ जना कारागार चलान

  • शनिबार, अशोज ११, २०७६
कैलाली अदालतको आदेशपछि भारतमा चोरीमा संग्लन ६ जना कारागार चलान

जिल्ला अदालत कैलालीको आदेशपछि भारतमा चोरीमा संग्लन ६ जना कारागार  चलान भएका छन्। भारतमा नगद र गरगहना चोरीमा संग्लन भएको आरोपमा पक्राउ परेका ६ जनालाई अदालतको आदेशपछि कारागार चलान गरिएको हो।

आपराधिक समुहको नाइके समेत रहेका डोटीको केआईसिंह गाउँपालिका वडा नम्वर २ तिखातर स्थायी घर भई धनगढी उप–महानगरपालिका वडा नम्वर २ मा बस्दै आएका ३३ बर्षीय शंकर भुल, कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ३ मालाखेती बस्ने २२ बर्षीय पुजा दास भन्ने पार्वती कुमारी बादी, डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्वर ५ भित्रीसेन बस्ने २२ बर्षीय बिरेन्द्र सार्की, कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ११ बेला बस्ने ३३ बर्षीय भक्तराज बिक र डोटीको केआईसिंह गाउँपालिका वडा नम्वर २ लेककोट बस्ने बर्ष २६ का सोनु भुललाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै बर्दिया राजापुर नगरपालिका वडा नम्वर १० बस्ने बर्ष २२ की खगिसरा खत्री पनि कारागार चलान भएकी छिन्। जिल्ला अदालत कैलालीले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। ‘जेठ २६ गते भारतको अशोक बिहार दिल्लीमा अवस्थित बिबेक अग्रवालको घरमा उनीहरुले भारतीय दुई करोड बराबरको धनमाल चोरी गरेको भन्दै भारतीय राजदुतावासले जानकारी पठाएको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘६ जनालाई नगद तथा गरगहना समेत पक्राउ गरि अदालत समक्ष पेश गरेका थियौँ, अदालतले कारागार चलानको आदेश दिएपछि उनीहरुलाई कारागार चलान गरिएको छ।’

‘अपराधिक उद्देश्यले नेपालमा संगठित भई प्रत्येक सदस्यलाई कार्य विभाजन गर्दै भारतका बिभिन्न शहरहरुमा विगत लामोसमयदेखि चोरीमा उनीहरु सक्रिय रहेको भेटिएको छ,’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने। उनका अनुसार बिबेक अग्रवालको घरमा चोरी गर्न पुजा भन्ने पार्वती कुमारी वादी र बिरेन्द्र सार्कीलाई दाई बहिनीको बनावटी  नाता बनाएर उक्त समूहले पठाएको थियो।

घरको सम्पुर्ण जानकारी अपराधिक समूहका नाइके शंकर भुललाई गराएपछि भुल सहित ६ जना अग्रवालको घरमा गएका थिए। घरका सदस्यलाई नसालु पदार्थ सेवन गराई चोरी गरी उनीहरु नेपाल फर्किएका थिए।
साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार