शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • चम्ल्याहा जन्माएकी धनगढीकी खगित्रालाई सौर्य एयरलाईन्सको ५० हजार सहयोग

चम्ल्याहा जन्माएकी धनगढीकी खगित्रालाई सौर्य एयरलाईन्सको ५० हजार सहयोग

  • शुक्रबार, अशोज १०, २०७६
चम्ल्याहा जन्माएकी धनगढीकी खगित्रालाई सौर्य एयरलाईन्सको ५० हजार सहयोग

बुधबार मात्र एकैपटक चार सन्तान जन्माएकी धनगढीकी खगित्रा शाही र उनका शिशुको उपचारमा समस्या भएपछि सौर्य एयरलाईन्सले सहयोग गरेको छ। सौर्य एयरलाईन्सले खगित्रा र चार शिशुको उपचारका लागि ५० हजार सहयोग गरेको हो।

सहयोग रकम खगित्राका श्रीमान पदमवहादुर शाहीलाई सौर्य एयरलाईन्सका प्रवन्ध निर्देशक गोपाल भट्टराई र भारतीय लगानीकर्ता जेएम शर्माले हस्तान्तरण गरे। नेबिसंघ त्रिभुवन बिश्वविद्यालय समितीका सचिव योगेन्द्र रावलको पहलमा सहयोग हस्तान्तरण गरिएको हो।

चारै सन्तानलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको बाल सघन उपचार कक्ष (एनआईसीयू) मा राखेर उपचार भईरहेको छ। एनआईसीयू खर्च एउटै शिशुको दैनिक साढे ४ हजार तिर्नुपरेको खगित्राका श्रीमान पदमवहादुरले बताए।

घर खर्च जुटाउन भारतको दिल्लीमा ल्याब असिस्टेन्टका रूपमा काम गर्दै आएका पदम गर्भमा चम्ल्याहा शिशु भएकै कारण पत्नीलाई स्याहार्नु परेपछि उनी जागिर छाडेर धनगढी आएका थिए।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार