बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा अलपत्र रहेकी ईन्द्रा सञ्चो भएर घर फर्किन

आर्थिक अभाबमा अलपत्र रहेकी ईन्द्रा सञ्चो भएर घर फर्किन

ईन्द्राको उपचारका लागि देश बिदेश बाट आर्थिक सहयाेग

  • शुक्रबार, अशोज १०, २०७६
आर्थिक अभाबमा अलपत्र रहेकी ईन्द्रा सञ्चो भएर घर फर्किन

प्रकाश सिंह
अछामको कमलबजार नगरपालिका १ मुलीकी २० वर्षिया ईन्द्रा बिक सञ्चो भएर घर फिर्ता भएकि छन् । उपचार अभाबमा नेपालगञ्ज मेडिकल कलेजमा अलपत्र रहेको समचार बडिमालिका खबर लगायत सञ्चार माध्यममा आएपछि आर्थिक संकलन भई उनको उपचार भएको थियो । उनको उपचारका लागि ९५ हजार ३ सय संकलन भएको थियो ।
बयलपाटा अस्पताल बाट हेलिकेप्टर मार्फत नेपालगञ्ज लगियो । आर्थिक अभावमा नेपालगञ्ज मेडिकल कलेजमा तड्पिरहेको समचार बाहिर आएपछि आर्थिक संकलन भएको बयलपाटा अस्पतालका निर्देशक डा. विकास गौचनले वताएका छन् । ईन्द्राको उपचारका लागि अष्ट्रलिया बाट Joining Hands For a change  र डावा शेर्पा बाट ३० हजार ३ सय सहयोग आएको थियो । त्यस्तै अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको पहलमा कर्मचारी बाट ३५ हजार ५ सय सहयोग भएको थियो ।
प्रेश युनियन अछामले ९ हजार ५ सय सहयोग गरेको थियो । अछाम बाजुरा सम्पर्क मञ्च बाट ७ हजार, जापान बाट टेकेन्द्र शाहिले ५ हजार, काठमाडौ बाट सोनी घले महर्जन बाट ३ हजार, मिरा केसी बाट २ हजार र हिरा रोकाया बाट ३ हजार सहयोग भएको थियो । ईन्द्रा अलपत्र रहेको समचार बाहिर आइसकेपछि आफुहरुले सानै सहयोग भएनि सहयोग गरेको डावा शेर्पाले वताएका छन् । आर्थिक अभाबमा अलपत्र रहेको समचार बाहिर आईसकेपछि कार्यलय प्रमुखलाई सहयोग गर्न आग्रह पछि सहयोग गरेको प्रमुख जिल्ला अधिकार भोज राज श्रेष्ठले वताएका छन् ।
अछाम बाजुरा सम्पर्क मञ्चले ईन्द्रा अलपत्र रहेको समचार आएपछि बाजुरामा आर्थिक संकलन गरेर सहयोग गरेको मञ्चका सल्लाहाकार संहयोजक दान बहादुर साउदले वताएका छन् । साथै मञ्चले अन्य सामाजिक अभियान गर्ने वताईन् । मञ्चले अछामका क्यान्सर पिडित खग्रेन्द्र वडलाइ समेत ७ हजार सहयोग गरेको छक ।
ईन्द्रालाइ सञ्चो भएर घर पुगिसकेको ईन्द्राका श्रीमान मनविर बिकले वताए । सहयोगीहरुको सहयोग बाट श्रीमति बचाउन सकेको सम्पुर्ण सहयोगीलाइ धन्यवाद दिएका छन् । ईन्द्राको नेपालगञ्ज मेडिकल कलेजमा आईसियुमा उपचार भएको थियो । ईन्द्रा सात महिने गर्भवती छन् । उनलाई ज्वरो आएको र शरिर भरी संक्रमण भएकाले बयलपाटा अस्पतालबाट थप उपचारका लागी नेपालगंञ्ज रेफर गरिएको बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले बताए । उनलाई सञ्चो भएर घर फर्केको सुन्दा निकै खुशी भएको डा. गौचनले वताए । आर्थिक अबस्था निकै कमजोर भएका मनवीरको परिवारले फलामका भाडा कराउने काम गरेर परिवार पाल्थे ।

चर्चामा

सम्बन्धित समाचार