बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • सरकार पैशा कमाउने धन्दामा रहेको काँग्रेस नेता पाण्डे

सरकार पैशा कमाउने धन्दामा रहेको काँग्रेस नेता पाण्डे

  • बिहिबार, अशोज ९, २०७६
सरकार पैशा कमाउने धन्दामा रहेको काँग्रेस नेता पाण्डे

अहिलेको दुई तिहाइ सरकार पैशा कमाउ धन्दामा रहेको नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य बद्रि प्रसाद पाण्डेले वताएका छन् । राष्ट्रिय सभाका सदस्य समेत रहेका पाण्डेले भने पैशाको दम्बमा जेपनि गर्न सकिन्छ भनेर जता पैशा उतै ध्यान गएको वताए । अहिले जग्गामा पैशा भएकाले त्यतै ध्यान गएको आरोप लगाएका छन् ।
कहिले गुठीको जग्गा कहिले अन्य संस्थानको जग्गामा आँखा लगाउदै रहेको छ, यो सबै पैशा कमाउनका लागि रहेको दुईतिहाईको फाइदा उठाउदै गरेको प्रेश युनियन बाजुराले गरेको पत्रकार सम्मेलनमा बताएका छन् । जताँ पैशा त्यतै सरकारको ध्यान गएको छ, पैशाको आडमा चुनाव जित्न सकिने भनेर पैशा तिर लागेको थपे । तर जनताको जनजिविका सवालमा कुनै ध्यान नगएको वताएका छन् । अहिले स्थानिय तहको विकासमा कुनै ध्यान गएको छैन्, प्रदेश र संघ सरकारको समेत बताएका छन् ।
नेता पाण्डे काँग्रेसले चलाएको दोस्रो जनजागरण अभियानमा बाजुरा पुगेका थिए । सरकारलाई कुशासन र भष्ट्रचार नियन्त्रणका लागि जनजागरण अभियान चलाएको पाण्डेले वताए । साथै कार्यक्रता बिच भेटघाट र जनताका समस्या बुझनका लागि जागरण अभियान चलाएको वताए । थुप्रै ठाँउमा सडक अलपत्र रहेका छन्, विकास निर्माणका काम हुन सकेका छैनन्, यसमा राज्यको कुनै ध्यान नगएको उनले वताएका छन् ।
पत्रकार सम्मेलन नेपाली काँगे्रस बाजुराका सभापति कबिराज पण्डितले भने जनजागरण सँगै गाँउमा जनताका सवाल र सरकारका गाँउमा भएका गतिबिधिका बारेमा समेत जानकारी लिएको बताए । पण्डितले भने अहिले दुई तिहाइ सरकारको दम्बले प्रहरी प्रशासन चलेको त्यसको भण्डाफोर गर्न नेपालि काँग्रेस रहेको वताएका छन् ।
सभापति कबिराज पण्डितले त डिएसपीले बाजुरामा अतिवाद गरेको आरोप लगाएका छन् । बैचारीक आधारमा सोधपुच गर्ने त्यहि अनुसार काम कार्यवाहि गर्ने गरेको वताए । नेपाली काँगे्रसका कार्यक्रतालाई छानि छानी कार्यवाही गर्ने गरेको हामी सँग थुप्रै प्रमाण रहेको सभापति पण्डितले वताएका छन् । रक्षक नै अहिले भक्षक भएको, नेकपाको चाकडी गरीरहेको काँगे्रस बाजुराको निष्र्कष रहेको सभापति पण्डितको भनाई रहेको छ । प्रेश युनियनले गरेको पत्रकार सम्मेलन प्रेश युनियनका अध्यक्ष प्रेम रौलेले गरेका थिए । सञ्चालन सचिब प्रशान्त जैशीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार