बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • धनगढीमा घुस सहित पक्राउ परेका यातायातका तीनजना कर्मचारी विरुद्ध मुद्दा दर्ता

धनगढीमा घुस सहित पक्राउ परेका यातायातका तीनजना कर्मचारी विरुद्ध मुद्दा दर्ता

  • बुधबार, अशोज ८, २०७६
धनगढीमा घुस सहित पक्राउ परेका यातायातका तीनजना कर्मचारी विरुद्ध मुद्दा दर्ता

घुस रकम सहित पक्राउ परेका यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह बिष्ट सहितका तीनजना विरुद्ध मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख विष्ट सहित यातायात कार्यालयका अधिकृतद्धय  भुवन जोशी र जयराज कारीगर विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।

उनीहरुले सेवाग्राहीको सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग लिएको एक लाख ६६ घुस हजार घुस सहित अख्तियार कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले पक्राउ गरेको थियो। तर अहिले भने अख्तियारले १५ हजार सहित पक्राउ गरिएको भन्दै बिगो माग दावी सहित मुद्दा दायर गरेको छ।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्र्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले उनीहरुबाट एक लाख ६६ हजार बरामद गरिएको भएपनि सेवाग्राहीबाट १५ हजार मात्र लिएको देखिदा सोही अनुसार मुद्दा दर्ता गरिएको दावी गरे। अख्तियारको कार्यालयले उनीहरुलाई गत भदौँ १२ गते घुस रकम सहित रंगेहात पक्राउ गरेको थियो।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार