शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • संबिधान दिवसको अबसरमा डिएसपी भाट सम्मानित

संबिधान दिवसको अबसरमा डिएसपी भाट सम्मानित

  • शुक्रबार, अशोज ३, २०७६
संबिधान दिवसको अबसरमा डिएसपी भाट सम्मानित

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख तथा डिएसपी उद्धब सिं भाट सम्मानित भएका छन् । संबिधान दिवसको अबसरमा प्रहरीमा रहेर देश र जनताका लागि उत्कृष्ट काम गरेको भन्दै विभुषित भएका छन् ।
प्रहरी प्रमुख भाटलाई राष्ट्रपति बाट नेपाल प्रताप सुभुषण बाट बिभूषित बाट सम्मानित गरिएको छ । संबिधान दिवसको अबसर पारेर बाजुरा जस्तो दुर्गम जिल्लामा बसेर प्रहरी प्रशासनमा उल्लेखनिय कार्य गरेको भन्दै भाटलाई सरकारले सम्मानित गरेको हो । डिएसपी भाट बाजुरा प्रहरी प्रमुख भइसकेपछि जिल्लामा मदिरा नियन्त्रण, जुवावातस लगायत अपराध नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।
पछिल्लो समय बाजुराको शान्ति सुरक्षमा पनि निकै सुधार भएको पाईएको छ । पछिल्लो समयमा सदरमुकाम मार्तडीमा मात्र नभइ जिल्ला भरिमा अपराध नियन्त्रणमा प्रहरी सक्रिय बन्दै गएको छ । मदिरा नियन्त्रण सँगै पछिल्लो समयमा महिला हिशांका घटनामा समेत न्युनिकरण हुदै आएको स्थानियले वताएका छन् । डिएसपि भाट आफै डिउटिमा खटिने गर्छन् ।

चर्चामा

सम्बन्धित समाचार