शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • हेलिकेप्टर बाट उद्धार गरिएकि अछामकि ईन्द्रा आर्थिक अभाबमा तड्पिदै

हेलिकेप्टर बाट उद्धार गरिएकि अछामकि ईन्द्रा आर्थिक अभाबमा तड्पिदै

नगरपालिका सहयाेग गर्न आनाकानि

  • मङ्लबार, भदौ ३१, २०७६
हेलिकेप्टर बाट उद्धार गरिएकि अछामकि ईन्द्रा आर्थिक अभाबमा तड्पिदै

प्रकाश सिह

अछामको कमलबजार नगरपालिका १ मुलीकी २० वर्षिया ईन्द्रा बिकलाई थप उपचारका लागि बयलपाटा अस्पताल बाट हेलिकेप्टर मार्फत नेपालगञ्ज लगियो । अहिले उनि आर्थिक अभावमा नेपालगञ्ज मेडिकल कलेजमा तड्पिरहेकि छन् । आईसियुमा उपचार भइरहेको भएपनि दैनिक औषधि किन्न र आईसियुको खर्च ब्यबस्थापन गर्न समस्या भएको ईन्द्रका श्रीमान मनविर बिकले वताएका छन् ।
ईन्द्राको उपचारका लागि दैनिक ७ हजार भन्दा बढि खर्च लाग्ने गरेको छ । आईसियुको मात्र दैनिक ३ हजार तिर्ने गरेका छन् । अहिले सम्म त जेनतेन गरेको छु, शुरुमा त पैशा नहुँदा अस्पतालले भर्ना गर्न पनि आनाकानी गरेको थियो, चारै तिर गुहार गरेपछि भर्ना गरेर उपचार भइरहेको श्रीमान मनविरले वताए । अझै ५ दिन जति आईसियुमा राख्नुपर्ने भनेका छन्, पैशा एउटा पनि नभएर समस्या भएको उनले वताए ।
ईन्द्रा सात महिने गर्भवती छन्क । लगातार एक हप्ता देखि उनलाई ज्वरो आएको र शरिर भरी संक्रमण भएकाले बयलपाटा अस्पतालबाट थप उपचारका लागी नेपालगंञ्ज रेफर गरिएको बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले बताए । आईसियुमा राखेर उपचार गर्नु पर्ने भयो, यहाँ सम्भब नभएपछि नेपालगञ्ज रिफर गरेको गौचनले वताए ।
बयलपाटा अस्पतालमा सम्भाबना नभएपछि उनलाई हेलिकप्टर मार्फत भदौ २८ नेपालगंञ्ज लगिएको थियो । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयको पहलमा नेपालगञ्जमा त पुयाइयो, अहिले पैशा नहुँदा उपचार समस्या भइरहेको डा. विकास गौचनले वताए । आफुले नेपालगञ्ज मेडिकल कलेजमा भनेर अहिले सम्म जेनतेन उपचार भइरहेको गौचनले थपे । ईन्द्राको श्रीमान मनविरले पैशाका लागि पहल गरिदिनका लागि आफुलाइ पटक पटक भनिरहेको उनले वताए । उता कमलबजार नगरपालिकाले १० हजार उपचार खर्च दिने भनिरहेको भएपनि ईन्द्राको विवाह दर्ता केही प्रमाण नभएकोले दिन नमिल्ने भन्दै आनाकानि गरिरहेको छ ।
आर्थिक अबस्था निकै कमजोर भएका मनवीरको परिवारले फलामका भाडा कराउने काम गरेर परिवार पाल्थे । सम्पत्तिको नाममा सानो छाप्रो घर भन्दा बाहेक नभएका मनवीरलाई आईसियुमा राखेर उपचार गर्नुपर्दा निकै समस्या भएको छ । मनविरले भने आमा र पेटमा रहेको बच्चालाई बचाईदिन आग्रह समेत गरेका छन् । बिकको उपचारका लागी बयलपाटा अस्पतालबाट आर्थिक संकलन गर्ने काम भईरहेको बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले जानकारी वताए । साथै डाक्टर गौचनले आर्थिक सहयोगका लागी सबैलाई आग्रह समेत गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार