शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • लैङ्गिक हिशा र कानुनी प्रक्रिया सम्बन्धि अभिमुखिकरण शुरु

लैङ्गिक हिशा र कानुनी प्रक्रिया सम्बन्धि अभिमुखिकरण शुरु

  • बुधबार, भदौ ४, २०७६
लैङ्गिक हिशा र कानुनी प्रक्रिया सम्बन्धि अभिमुखिकरण शुरु

बडिमालिका खबर
बाजुराको सदरमुकाम मार्तडीमा लैङ्गिक हिशा र कानुनी प्रक्रिया सम्बन्धि अभिमुखिकरण शुरु गोष्ठि शुरु भएको छ । स्थानिय तहका न्यायिक समिति र प्रहरीलाई ३ दिन सम्म अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ ।
पछाडी परेका बर्गलाई न्यायको पहुँचमा पुयाउने उद्देश्य का साथै लैङ्गिक हिशा न्युनिकरण गर्नका लागि यो अभिमुखिरकण गोष्ठि सञ्चालन गरिएको जपाईको का जिल्ला संयोजक रमेश थापाले वताएका छन् । तालिमको सहजिकरण अधिबक्ता मिरा ढुङ्गाना, डा. पुनम रिसाल र जपाईको कार्यक्रम अधिकृत जुना भट्टराईले गर्नु भएको छ । हिशां प्रभाबितलाई कसरी न्याय दिन सहयोग गर्ने, स्थानिय तहमा कसरी कानुनी प्रक्रिया पुयाउने बारे तिन दिनमा छलफल हुने आयोजकले जनाएको छ ।
अभिमुखिकरण गोष्ठिको आयोजना जिल्ला समन्वय समिति बाजुराले गरेको थियो । सहयोग नर्वेजियन दुतावास, संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष र जपाइको रहेको छ । तालिममा बुढिगंगा र बुढिन्नदा नगरपालिका न्यायक समिति र प्रहरीको सहभागिता रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार