शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • पर्वतमा भेटियो नयाँ प्रजातिको चमेरो

पर्वतमा भेटियो नयाँ प्रजातिको चमेरो

  • आइतवार, साउन १२, २०७६
पर्वतमा भेटियो नयाँ प्रजातिको चमेरो

पोखरा : पर्वत जिल्लाको कुस्मास्थित गुप्तेश्वर गुफा नजिकै बाँसघारीमा नेपालका लागि नयाँ प्रजातिको चमेरो फेला परेको छ । कालीगण्डकी कोरिडरको कुश्मादेखि जोमसोमसम्मको क्षेत्रमा पाइने चमेराको बारेमा अध्ययनका क्रममा म्याग्दी जिल्लाको मंगला गाउँपालिका अर्मनका बसन्त शर्माले ताइलोकपेरीस प्रजातिका चमेरा फेला पारेका हुन् ।

रुफोडबाट ग्रण्डबाट पाएरपछि सन् २०१७÷०१८ मा अनुसन्धान थालेका शर्माले रिपोर्ट शुक्रबार सार्वजनिक गरेका हुन् । यो प्रजातिको चमेरा बाँसमा बस्ने गर्दछ । त्यसैले यसलाई नेपालमा बासे चमेरा नाम दिइएको शर्माले बताए ।

यस प्रजातिले किराफट्याङलालाई आहारा बनाउँछ । यो प्रजातिको चमेरा फेला परेसंगै नेपालमा चरा प्रजातिको संख्या ५४ पुगेको छ । यस अघि नेपालमा ५३ प्रजातिका चमेरा पाइन्थ्यो । शर्माका अनुसन्धानबाट कालीगण्डकी करिडोरमा १६ प्रजातिका चमेरा फेला परेको छ ।

ताइलोकपेरीस प्रजातिका चमेरा, भारत, पाकिस्तान, भुटानमा भने पाइन्थ्यो । विश्वमा करिव १२ सय प्रजातीका चमेरा पाइन्छन् ।

चमेरो गुफा, बाँस, अग्ला रुख, काठका प्वाल, घरगोठ लगायतमा बस्ने गर्छन् । बदुरा नामको चमेरो रुखको हाँगामा झुन्डिएर बस्ने गर्दछ । चमेरो गुफामा पनि झुन्डिएर बस्ने गर्दछन् । यिनीहरु दिउँसोमा आराम गर्ने र राति सक्रिय हुन्छन् । चमेरा मांसाहारी र फलाहारी दुई प्रजातिका हुन्छन् । यिनीहरु मनिसको जस्तै एक वा कहिलेकाहीं जोडी बच्चा जन्माउने गर्दछन् ।

चमेरा पछिल्लो समयमा बासस्थान र आहाराको अभावको कारण सहरी क्षेत्रबाट विस्थापित हुँदै गएका छन् । स्तनधारी प्राणी चमेरो बासस्थान विनासका कारण बजार क्षेत्रमा पाइने चमेरा पछिल्लो समयमा देखिनै छाँडेका छन् । चरा मैत्री इलेक्टिक तार नहुँदा चमेरा बिजुलीको तारमा झुण्डिएर मर्ने गरेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार